भारतको कोलकाता बन्दरगाहमा ३० हजार मेट्रिक टन रासायनिक मल आइपुगेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयले ग्लोबल टेन्डरमार्फत ल्याइएको यो मलको ढुवानी सुरु भएको जनाएको छ।
कुल परिमाणमध्ये १,२५० मेट्रिक टन मल आज नेपालतर्फ पठाइएको छ। यो खेप चार दिनभित्र आइपुग्ने अनुमान छ।
बाँकी मलको प्याकेजिङ (ब्यागिङ) कार्य कोलकाता बन्दरगाहमा भइरहेको छ। प्याकेजिङ सकिएसँगै बाँकी खेप पनि क्रमशः नेपाल भित्रिने मन्त्रालयले जनाएको छ।
