काठमाडौं महानगरपालिका–४ कतार भिसा सेन्टरअगाडि भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन ठोक्किए। दुर्घटनामा १० जना घाइते भए।
ठोक्किएका सवारीमा बीआर०६ डीडी ६०६३ नम्बरको भारतीय कार, बा २ ज ३५७८ ट्याक्सी, लु ११ प ४९७५ पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ मोटरसाइकल संलग्न थिए।
घाइते कुन्तिमाया लिम्बूको अवस्था गम्भीर छ। बाँकी नौ जनाको अवस्था मध्यम छ।
सबै घाइतेको त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको प्रहरीले पुष्टि गर्यो। दुर्घटनामा संलग्न सवारीसाधन नियन्त्रणमा लिइएको छ।
