NM Khabar 25 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काठमाडौं–३० का लेखा अधिकृत २१ हजार घुससहित पक्राउ

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। स्थायी लेखा नम्बर बन्द गर्न सिफारिस गरिदिने प्रयोजनमा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियारले उनलाई नियन्त्रणमा लिएको हो।
Arjun Basnet
Arjun Basnet
24 July 2026, 4:04 pm १ मिनेट पढाइ
आकार:
लेखा अधिकृत घुस
Share:

काठमाडौं महानगरपालिका–३० का लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो।

स्थायी लेखा नम्बर (PAN) बन्द गर्नका लागि वडा कार्यालयबाट आवश्यक सिफारिस गरिदिने प्रयोजनमा दुःख हैरानी दिई सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियारले भट्टराईमाथि निगरानी राखेको थियो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले भट्टराईमाथि थप अनुसन्धान भइरहेको बताए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार