NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोल्पा पहिरो: गाईबस्तु चराउन जाँदा दुई महिलाको मृत्यु

रोल्पाको सुनछहरी गाउँपालिकामा पहिरोमा परी दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगर रहेका छन्। पहिरोमा एक पुरुष घाइते भएका छन् भने चौपायाहरु पनि पुरिएका थिए।
Maya Thapa
Maya Thapa
26 July 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो घटना
Share:

रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरमस्थित दवाङ लेकमा पहिरोमा पुरिँदा दुई महिलाको मृत्यु भएको छ। ५१ वर्षीया असौजी घर्ती मगर र ३६ वर्षीया अमरा घर्ती मगरको ज्यान गएको हो।

शनिबार दिउँसो गाईबस्तु चराउन गएका उनीहरु पहिरोमा पुरिएका थिए। स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा साँझ दुवैको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।

घटनामा ६० वर्षीय कुले घर्ती मगर घाइते भएका छन्। उनको उद्धार गरी उपचारका लागि सेरम स्वास्थ्य चौकी पठाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पंचकुमार बाखुले जानकारी दिए।

पहिरोमा चारवटा बाख्रा र दुईवटा गाईसमेत पुरिएका थिए। ती चौपायालाई पनि पहिरोबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार