NM Khabar 5 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

देशभर भारी वर्षाको सम्भावना, सतर्कता आवश्यक

देशभर मनसुनी वायुको प्रभावले भारी वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ। हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि छ।
Sanjay Karki
Sanjay Karki
5 August 2026, 7:02 am १ मिनेट पढाइ
आकार:
भारी वर्षाको सम्भावना
Share:

देशभर मनसुनी वायुको प्रभावले भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले देशभर सामान्य बदली छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा, कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनेछ। तराई भूभागका केही स्थानमा पनि यस्तै वर्षाको सम्भावना छ।

कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग, साथै मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

कर्णाली प्रदेशका पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। विभागले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना औंल्याएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार