NM Khabar 16 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रोल्पामा ५ दिनदेखि पहिरो: १८ को मृत्यु, एक बेपत्ता

रोल्पामा ५ दिनको अवधिमा पहिरोमा परी १८ जनाको मृत्यु भएको छ। गएराति लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा ७२ वर्षीया अम्मी गुरुङको पहिरोले पुरिएर मृत्यु भएको छ। थबाङ गाउँपालिकामा १३ जनाको मृत्यु भएको थियो भने एक जना अझै बेपत्ता छन्।
Maya Thapa
Maya Thapa
16 August 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
रोल्पा पहिरो
Share:

रोल्पाको लुङ्ग्री गाउँपालिका–५ धैरेनीमा पहिरोले घर पुरिँदा ७२ वर्षीया अम्मी गुरुङको मृत्यु भएको छ। उनी घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा मृत भेटिएकी थिइन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार यो घटनासँगै रोल्पामा पाँच दिनमा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ।

यसअघि बुधबार थबाङ गाउँपालिकामा पहिरोले बस्ती नै बगाउँदा १३ जनाको मृत्यु भएको थियो। सोही घटनामा एक जना अझै बेपत्ता छन्। दुई जना घाइतेको बुटवलमा उपचार भइरहेको छ। बिहीबार सुनछहरी गाउँपालिका–२ फलबाङ र गिट्ठेमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गएको थियो। लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा पहिरोको जोखिम बढेको छ।

Maya Thapa

Maya Thapa

संवाददाता · NM Khabar

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार