NM Khabar 21 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाल-भारत सीमामा आधुनिक प्रविधि: निगरानी बढाइने

नेपाल र भारतले सीमा क्षेत्रका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढाउने भएका छन्। देहरादुनमा सम्पन्न बैठकमा सीसीटीभीलगायत उपकरण प्रयोग गर्ने सहमति भएको छ। दशगजा अतिक्रमण नियन्त्रण, एकीकृत जाँच चौकी सञ्चालन र सीमापार आवागमन सहजीकरणबारे पनि छलफल भएको थियो।
Bikram Magar
Bikram Magar
21 August 2026, 7:34 pm १ मिनेट पढाइ
आकार:
Share:

नेपाल र भारतले सीमा क्षेत्रका संवेदनशील स्थानमा आधुनिक प्रविधि प्रयोग गरी सुरक्षा निगरानी बढाउने भएका छन्। देहरादुनमा शुक्रबार सम्पन्न नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्यदलको १४औँ बैठकमा सीसीटीभीलगायतका आधुनिक उपकरण प्रयोग गर्ने सहमति भएको गृह मन्त्रालयले जनाएको छ।

बैठकमा दशगजा क्षेत्रको अतिक्रमण र अनधिकृत प्रयोग नियन्त्रण, एकीकृत जाँच चौकीको पूर्ण सञ्चालन र उपयोग, पारस्पारिक कानुनी सहायता, सीमापार आवागमन सहजीकरण र निगरानी संयन्त्र सुदृढीकरणबारे छलफल भएको थियो। विपद् व्यवस्थापन तथा जिल्लास्तरीय समन्वय बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि दुई पक्षबीच सहमति जुटेको छ।

कार्यदलको बैठकको नेतृत्व नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले र भारतका तर्फबाट गृह मन्त्रालयकी संयुक्त सचिव पौसुमी वासुले गरेका थिए। कार्यदलको १५औँ बैठक नेपालमा आयोजना गरिनेछ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार