NM Khabar 4 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

त्रिशूली–३ ‘ए’ सुरुङबाट २ जनाको जीवित उद्धार, थपको खोजी जारी

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये सञ्जय साह पनि छन्। अन्यको खोजी तथा उद्धार कार्य जारी छ।
Sanjay Karki
Sanjay Karki
4 September 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
त्रिशूली ३ ए सुरुङ
Share:

त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङबाट सञ्जय साह सहित दुई जनाको जीवित उद्धार गरिएको छ। रास्वपा सांसद श्रीराम न्यौपानेले Nmkhabarलाई पुष्टि गरे।

उद्धार गरिएकाहरूको स्वास्थ्य अवस्था सामान्य छ। उद्धारमा नेपाली सेना, सशस्त्र प्रहरी र प्राविधिक टोली खटिएको थियो।

उद्धार टोलीले सुरुङभित्र फसेकाहरूसँग दोहोरो संवाद गरेको थियो। उद्धारकर्ताहरूले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दा भित्रबाट ‘हुन्छ’ भन्ने प्रतिक्रिया आएको थियो।

सुरुङभित्र अझै केही व्यक्तिहरू फसेको आशंकामा उनीहरूको खोजी तथा उद्धार कार्य जारी छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार