NM Khabar 5 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फेवातालमा कार खस्दा २ भारतीयको मृत्यु, २ को उद्धार

पोखराको फेवातालमा भारतीय नम्बर प्लेटको कार दुर्घटनामा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। २ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ।
Sanjay Karki
Sanjay Karki
4 September 2026, 9:35 am १ मिनेट पढाइ
आकार:
फेवातालमा कार दुर्घटना
Share:

फेवातालमा भारतीय नम्बर प्लेटको कार खस्दा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। २ जनाको उद्धार गरिएको छ। शुक्रबार बिहान ४:५० बजे सेदीबाट लेकसाइड आउँदै गरेको भारतीय नम्बर बीआर ०५ ६७५९ को कार गैरीचौतारा नजिक दुर्घटना भएको कास्की प्रहरीले जनाएको छ।

गैरीचौताराको घुम्तीबाट कार २० मिटर तल तालमा खस्दा भारतको बिहारका २६ वर्षीय नवदीप कुमार यादव र अर्का अन्दाजी ४०–४५ वर्षीय पुरुषको मृत्यु भएको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले तालको २० फिट गहिराईबाट दुईजनालाई अचेत अवस्थामा फेला पारेको थियो।

उद्धार गरिएका २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवको अवस्था मध्यम छ। उनीहरूको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। बिहान ६:२० बजे क्रेनले कारलाई तालबाट बाहिर निकालिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार