NM Khabar 4 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जनकपुरका पोखरीमा माफियाको रजाइँ: गुठी संस्थानले डोजर चलाउने

जनकपुरधामका १५ पोखरी र डिलमा माफियाले अतिक्रमण गरेका संरचना गुठी संस्थानले सात दिनभित्र हटाउन सूचना जारी गरेको छ। पहिलो चरणमा ७ पोखरीको अतिक्रमण हटाइएको छ। नहटाए डोजर चलाइने चेतावनी दिइएको छ।
Kamala Devi
Kamala Devi
4 September 2026, 8:44 pm १ मिनेट पढाइ
आकार:
गुठी संस्थान जनकपुर
Share:

जनकपुरधामका १५ पोखरी र तिनका डिलमा माफियाले अतिक्रमण गरेका संरचना गुठी संस्थानले सात दिनभित्र हटाउन सूचना जारी गरेको छ। पहिलो चरणमा सातवटा पोखरीको अतिक्रमण डोजर प्रयोग गरी हटाइएको थियो।

दोस्रो चरणमा देवान पोखरी (चन्द्रकूप), मध्यमा सर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपालमोचनी सर, पुरन्दर सर, लवकी पोखरी (जिरोमाइलभन्दा उत्तरपूर्व), लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अग्निकुण्ड, सीताकुण्ड र विहारकुण्डमाथिको अतिक्रमण हटाउने तयारी छ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको २०६२ को प्रतिवेदन कार्यान्वयन समितिको निर्णयअनुसार यो सूचना जारी गरिएको हो। निर्धारित समयभित्र अतिक्रमित संरचना नहटाए प्रचलित कानुनबमोजिम कारबाही गरिने संस्थानले चेतावनी दिएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार