मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

महोत्तरीमा २ करोड ४० लाखको अवैध एप्पल एयरपोड्स बरामद

महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब दुई करोड ४० लाख रुपैयाँ मूल्य बराबरको १२ सय थान एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ। शनिबार बिहान गस्तीमा खटिएको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
अवैध एप्पल एयरपोड्स
Share:
१४२

महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानाबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको करिब दुई करोड ४० लाख रुपैयाँ मूल्य बराबरको १२ सय थान एप्पल कम्पनीको एयरपोड्स बरामद गरेको छ।

शनिबार बिहान गस्तीमा खटिएको सशस्त्र प्रहरी बल नेपाल नं. ९ गण महोत्तरी, सीमा सुरक्षा गुल्म रघुनाथपुर र बोर्डर आउट पोस्ट खैरवनीको संयुक्त टोलीले उक्त सामान नियन्त्रणमा लिएको हो।

प्रहरी टोलीलाई देख्नासाथ सामान बोकेर ल्याउने व्यक्तिहरू फरार भएका थिए। बरामद गरिएको एयरपोड्सलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता एवम् सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले जानकारी दिए।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार