NM Khabar 8 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

लागुऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा कडाइ, कपिलवस्तुबाट १९ जना पक्राउ

कपिलवस्तुका सीमा नाकामा लागुऔषध नियन्त्रणका लागि प्रहरीले कडाइ गरेको छ। चालु आर्थिक वर्षको साउनदेखि भदौ २१ सम्म ११ मुद्दामा १९ जना पक्राउ, विभिन्न लागुऔषध बरामद। प्रहरीले जनचेतना कार्यक्रम र स्थानीय तहसँग समन्वय गरी नियन्त्रणको प्रयास गरिरहेको छ।
Kamala Devi
Kamala Devi
8 September 2026, 7:32 pm १ मिनेट पढाइ
आकार:
लागुऔषध नियन्त्रण कपिलवस्तु
Share:

लागुऔषधको कारोबार र दुर्व्यसनी नियन्त्रण गर्न प्रहरीले कपिलवस्तुका सीमा नाकामा विशेष कडाइ गरेको छ। यस अभियान अन्तर्गत चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १९ जनालाई पक्राउ गरिएको छ।

प्रहरी उपरीक्षक मनोहर कुमार भट्टका अनुसार, लागुऔषधको कारोबार रोक्न सीमा क्षेत्रमा निगरानी बढाइएको छ। यसका लागि सूचना आदानप्रदानलाई पनि प्रभावकारी बनाइएको छ। भारतबाट प्रतिबन्धित नारकोटि ड्रग्स, स्माईक हेरोईन लगायतका लागुऔषध नेपाल र नेपालबाट चरेस अफिम लगायतका लागु औषध भारत तर्फ लुकीछिपी लैजाने कार्यलाई रोक्न प्रहरी सक्रिय छ।

नेपालतर्फ कडाइ गरिएपछि केही दुर्व्यसनीहरूले भारतीय बजारमा गई लागूऔषध सेवन गरेर नेपाल फर्किने गरेको पाइएको छ, जसले प्रहरीलाई रोकथाममा चुनौती थपिदिएको छ।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले लागुऔषध नियन्त्रणका लागि जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिनुका साथै १० वटै स्थानीय तहसँग समन्वय गरी पहल गरिएको बताए।

गत आर्थिक वर्ष २०८२/०८३ मा प्रहरीले लागुऔषध सम्बन्धी ५९ मुद्दामा ९९ जनालाई पक्राउ गरेको थियो। सो अवधिमा ४१ किलो गाँजा, १४ किलो चरेश, २२७ ग्राम ब्राउन सुगर लगायतका लागुऔषध बरामद भएको थियो।

चालु आर्थिक वर्षको साउनदेखि भदौ २१ सम्म ११ मुद्दामा १९ जना पक्राउ परेका छन्। यस अवधिमा १३० ग्राम गाँजा, पाँच किलो चरेस, तीन ग्राम हेरोइन र १० किलो अफिम बरामद भएको छ।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार