रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा १ हजार ३८४ शव भेटिएको छ। Nmkhabarलाई प्रहरी प्रधान कार्यालयले पुष्टि गर्यो।
सबैभन्दा बढी चितवनमा ३६४ शव भेटिएको छ। नवलपरासी पूर्वमा २२९, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९९ र रसुवामा १८५ शव फेला परेका छन्। गोरखामा ७७, धादिङमा ७० र तनहुँमा ३८ शव भेटिएको छ।
प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार १ हजार २३० शवको पहिचान गरी व्यवस्थापन गरिएको छ। पहिचान नभएका शवको डिएनए नमुना संकलन गरिएको छ।
हालसम्म ३ हजार १३२ डिएनए नमुना संकलन गरिएको छ। १ हजार ३३९ शवको विवरण प्रहरी वेबसाइटमा छ। ४ हजार ८९ जना अझै बेपत्ता छन्। ७ हजार ९७५ प्रहरी खोजीमा खटिएका छन्।
