NM Khabar 13 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चिलिमे सुरुङमा ७० मिटर लेदो पन्छाइयो, काम सुचारु

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा जम्मा भएको ७० मिटर लेदो पन्छाइएको छ। अवरुद्ध भएको उद्धार तथा मर्मत कार्य पुनः सुरु भएको छ। सांसद श्रीराम न्यौपानेले उद्धार कार्यको प्रगतिबारे जानकारी दिएका छन्।
Sanjay Karki
Sanjay Karki
13 September 2026, 7:32 am १ मिनेट पढाइ
आकार:
चिलिमे जलविद्युत सुरुङ
Share:

चिलिमे जलविद्युत आयोजनाको सुरुङमा जम्मा भएको ७० मिटर लेदो पन्छाइएको छ। अवरुद्ध भएको खोजी तथा उद्धार कार्य पुनः सुचारु भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले उद्धार कार्य अघि बढेको जानकारी दिए। उनले ‘नाइट सिफ्ट’ निरन्तरताका लागि बिहान २ बजे बिग्रिएको ह्विल लोडर मर्मत गर्न मेकानिक्स टोलीसहित साइटतर्फ जाने क्रममा भोटेकोशी नदीको बढ्दो बहाव, वर्षा र पारिपट्टिको पहिरोका कारण बीचबाटै फर्किनुपरेको बताए।

उनका अनुसार सुरुङभित्रको लेदो पन्छाउने काम ७० मिटरसम्म सम्पन्न भएको छ। केही समय रोकिएको काम पुनः सुचारु हुँदै गएको उनले जानकारी दिए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार