बुद्धशान्ति गाउँपालिका–४ का २६ अव्यवस्थित परिवारले ३६ वर्षपछि जग्गाधनी पुर्जा पाएका छन्। जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो।
२०४७ सालदेखि सो क्षेत्रमा बसोबास गर्दै आएका यी परिवारहरूले अब कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गरेका हुन्। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यस लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी बनाइएको छ।
