पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको राजनीतिक लडाइँ आमसभा र भाषणबाट डिजिटल तथा एआईमा सरेको बताएका छन्। उनले एआईमा जसले जित्यो, उसैले चुनाव र देश जित्ने दाबी गरे।
उनका अनुसार, ‘एआईमा जसले जित्यो त्यसले चुनाव पनि जित्छ, देश पनि जित्छ, संसार पनि जित्छ। एआईमा पछाडि पर्यो, आईटीमा पछाडि पर्यो भने त्यसले चुनाव पनि हार्छ, देश पनि हार्छ। यो कुरा हामीले बुझ्न जरुरी छ।’
दाहालले एआई र आईटीमा पछाडि पर्नेले चुनाव र देश दुवै हार्ने चेतावनी दिए।