NM KHABAR 26 April 2026
NM KHABAR

हामीलाई पछ्याउनुहोस्

मनहरा सुकुम्बासी बस्तीका घर-टहरामा डोजर चल्यो

काठमाडौंको मनहरा सुकुम्बासी बस्तीमा स्थानीय प्रशासनले डोजर चलाएर घर-टहरा भत्काउन सुरु गरेको छ। प्रहरी र प्रशासनको टोली बिहान बस्तीमा पुगेको थियो।
Sanjay Karki
Sanjay Karki
26 April 2026, 10:31 am १ मिनेट पढाइ
आकार:
विज्ञापन Sponsor
Share:

काठमाडौंको मनहरा सुकुम्बासी बस्तीका घर-टहरा आज बिहान डोजर प्रयोग गरेर भत्काउन थालिएको छ। प्रहरी र स्थानीय प्रशासनको टोली बिहान ९ बजे बस्तीमा पुगेको थियो।

साढे १० बजेपछि भने डोजरले घर-टहरा भत्काउने काम सुरु गरेको छ। यस क्रममा केही सुकुम्बासीहरूले अवरोध गर्न खोजे पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए।

मनहरा क्षेत्रमा वर्षौंदेखि बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई हटाउन यसअघि पनि पटकपटक प्रयास भएको थियो। तर, विभिन्न कारणले त्यो सम्भव भएको थिएन। आजको डोजर कारबाहीले बस्ती खाली गराउने प्रक्रिया अघि बढेको छ।

यस कारबाहीको विस्तृत विवरण आउन बाँकी छ। प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार