काठमाडौंको कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार घटना आज दिउँसो भएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले दिएको जानकारी अनुसार हत्या हुनेमा गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरे छन्। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका घिमिरेको उपचारका क्रममा मृत्यु भएको हो।
- घटना कीर्तिपुर नगरपालिका-१० बोडेटोलमा भएको छ।
- मृतक विपिन घिमिरे गुल्मीका हुन्।
- हत्यामा धारिलो हतियार प्रयोग भएको छ।
- प्रहरीले हत्याराको पहिचान खुलिसकेको जनाएको छ।
- हत्यारालाई चाँडै पक्राउ गरिने प्रहरीको भनाइ छ।
प्रारम्भिक अनुसन्धानका अनुसार साथीबीचको झगडाका क्रममा हतियार प्रहार भएको खुलेको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिको पहिचान गरिसकेको र उनीहरूलाई पक्राउ गर्ने तयारी भइरहेको जनाएको छ। थप अनुसन्धान जारी छ।