NM Khabar 12 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रतिनिधिसभा सचिव हर्कराज राई पदमुक्त: सभामुखको सिफारिसमा राष्ट्रपतिले हटाए

राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई पदमुक्त गरेका छन्। सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा यो निर्णय २०८३ वैशाख २९ गतेदेखि लागू हुनेछ। ऐनको दफा ६ को खण्ड (ङ) बमोजिम उनलाई हटाइएको हो।
Laxmi Bhattarai
Laxmi Bhattarai
12 May 2026, 5:02 pm १ मिनेट पढाइ
आकार:
Share:

सभामुख डोल प्रसाद अर्यालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई २०८३ वैशाख २९ गते मंगलबारदेखि पदमुक्त गरेका छन्।

संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (ङ) बमोजिम राईलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

यसअघि, सभामुख अर्यालले ऐनको सोही व्यवस्था अनुसार वैशाख १७ गते सचिव राईलाई स्पष्टीकरण सोधेका थिए। राईले वैशाख २१ गते स्पष्टीकरणको जवाफ बुझाएका थिए।

कार्यक्षमता नदेखिएमा र पदीय जिम्मेवारीमा जवाफदेही नभएको खण्डमा स्पष्टीकरण सोधेर हटाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्ने व्यवस्था उक्त ऐनमा छ। तर, हटाउनुअघि सम्बन्धित व्यक्तिलाई सफाइको मौका दिनुपर्ने हुन्छ। सोही प्रक्रिया अनुसार स्पष्टीकरण सोधिएको थियो।

संविधानको धारा १०६ को उपधारा १ बमोजिम सभामुखले सचिव पदमा नियुक्त गर्नका लागि सिफारिस गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ।

राई तत्कालीन सभामुख देवराज घिमिरेको सिफारिसमा २०८१ पुस १६ गते सचिव पदमा नियुक्तिका लागि सिफारिस भएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार