प्रधानमन्त्री बनेयता संसद्मा सम्बोधन नगरेका वालेन्द्र शाहले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन्।
संसद् सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू पनि प्रस्तुत हुने र तीमाथि छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
