मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

प्रधानमन्त्री शाहले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

प्रधानमन्त्री वालेन्द्र शाहले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन्। प्रधानमन्त्री बनेयता शाहले संसद्मा सम्बोधन गरेका थिएनन्। राष्ट्रपति रामचन्द्र पौडेलले गत सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
Laxmi Bhattarai
वरिष्ठ संवाददाता
१ मिनेट पढाइ
आकार:
Share:
१९६

प्रधानमन्त्री बनेयता संसद्मा सम्बोधन नगरेका वालेन्द्र शाहले आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनेछन्।

संसद् सचिवालयका अनुसार, प्रधानमन्त्री शाहले गत सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममाथि छलफल सुरु गर्न प्रस्ताव प्रस्तुत गर्नेछन्।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू पनि प्रस्तुत हुने र तीमाथि छलफल हुनेछ। आजै नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

वरिष्ठ संवाददाता

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार