मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

विस्थापित बालबालिकाको भविष्य सुरक्षित: महानगरले दिने भयो एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति

काठमाण्डु महानगरपालिकाले नदी किनारका अनधिकृत संरचना हटाउँदा विस्थापित भएका बालबालिकालाई एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति दिने भएको छ। महानगर, निजी विद्यालयका छाता संगठन र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ। पहिलो चरणमा ४१ बालबालिकालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरिएको छ।
Maya Thapa
फिचर लेखिका
१ मिनेट पढाइ
आकार:
Share:
१९५

नदी किनारका अनधिकृत संरचना हटाउँदा विस्थापित भएका बालबालिकाले अब एसईईसम्म पूर्ण आवासीय छात्रवृत्ति पाउने भएका छन्। काठमाण्डु महानगरपालिकाले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारका बालबालिकाको शिक्षा सुनिश्चित गर्न यो विशेष पहल सुरु गरेको हो।

महानगरपालिका, निजी विद्यालयका छाता संगठनहरू (प्याब्सन तथा एन–प्याब्सन) र अभिभावकबीच त्रिपक्षीय सम्झौता भएको छ। यसअनुसार विस्थापित बालबालिकाले छात्रवृत्ति पाउनेछन्। महानगरका शिक्षा अधिकृत केशव ज्ञवालीले विस्थापित बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन कार्यक्रम अगाडि बढेको बताए।

सम्झौताअनुसार छनोट भएका बालबालिकाको पठनपाठन, आवास तथा छात्रावासको सम्पूर्ण खर्च सम्बन्धित विद्यालयले व्यहोर्नेछन्।

हाल होल्डिङ सेन्टरमा करिब ३०० परिवार आश्रित छन्। पहिलो चरणमा स्क्रिनिङ गरिएका ५० बालबालिकामध्ये ४१ जनालाई बल्खुस्थित जनविकास माध्यमिक विद्यालयमा भर्ना गरियो।

बाँकीमध्ये १० वर्षभन्दा माथिका २० बालबालिकालाई आवासीय सुविधासहित निजी विद्यालयमा पढाउने सहमति भयो। १३ जनालाई शुक्रबार नै सम्बन्धित विद्यालयमा लगिएको छ।

सुरुमा १० वर्षमुनिका बालबालिकालाई छात्रावासमा राख्न व्यवहारिक कठिनाइ देखियो। तर, केही शैक्षिक संस्थाले उनीहरूलाई पढाउने इच्छा व्यक्त गरेका छन्। अभिभावक राजी भए १० वर्षमुनिका बालबालिकालाई समेत एसईईसम्म पूर्ण छात्रवृत्ति र छात्रावास सुविधा उपलब्ध गराउने तयारी महानगरको छ।

Maya Thapa

Maya Thapa

फिचर लेखिका

माया थापा NM खबरकी फिचर लेखिका हुन्। मानवीय रुचिका कथाहरू, महिला सशक्तीकरण र बाल अधिकारका मुद्दाहरूमा उनको संवेदनशील रिपोर्टिङले पाठकको मन छुन्छ। समाजका उपेक्षित पाटाहरूलाई उजागर गर्नु उनको पत्रकारिताको मूल उद्देश्य हो।

सम्बन्धित समाचार