NM Khabar 17 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

प्रदेश सरकारमा सर्वदलीय सहमति भए मात्र जाने प्रचण्डको अडान

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा सर्वदलीय सहमति भए मात्र आफ्नो दल सहभागी हुने घोषणा गरेका छन्। उनले कांग्रेस र एमालेसँग मिलेर सरकार नबनाउने अडान दोहोर्याए। प्रचण्डले कांग्रेस र एमालेबाट आएका अलग–अलग सरकारका प्रस्ताव अस्वीकार गरेको जानकारी दिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
17 May 2026, 12:05 pm १ मिनेट पढाइ
आकार:
Share:

नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारमा सर्वदलीय सहमति भए मात्र आफ्नो दल सहभागी हुने घोषणा गरेका छन्।

आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटमा उनले कांग्रेस र एमालेसँग मिलेर सरकार नबनाउने अडान दोहोर्याए।

मधेसवादी दलसहित सबैको सहमतिमा संयुक्त सरकार बने मात्र आफ्नो दल सरकारमा जाने प्रचण्डले बताए।

कांग्रेस र एमालेबाट आएका अलग–अलग सरकारका प्रस्ताव आफूले अस्वीकार गरेको उनले जानकारी दिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार