आँबुखैरेनी नजिकै सडक एकतर्फी भएपछि मुग्लिङ आसपासका क्षेत्रमा सवारी साधनको चाप बढेर जाम लागेको छ। मुग्लिङ प्रहरीले यसको जानकारी दिएको छ।
प्रहरीका अनुसार, बाटो एकतर्फी सञ्चालनमा आएपछि गाडीको चाप बढेको छ। यसले मुग्लिङ आसपासका क्षेत्रमा यातायात अवरुद्ध भएको छ।
मुग्लिङ प्रहरीले सवारी चालकहरूलाई धैर्य धारण गरी यात्रा गर्न आग्रह गरेको छ।
