प्रतिपक्ष राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की प्रमुख सचेतक खुश्वु ओलीले मानव तस्कर गिरोहलाई तत्काल पक्राउ गरी कारबाही गर्न सरकारसँग माग गरेकी छन्।
उनले मानव तस्करलाई कारबाही नगर्दा यस्ता घटना बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
ओलीले मानव तस्करी जस्तो जघन्य अपराधमा संलग्नलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताइन्।
सरकारले यस्ता आपराधिक क्रियाकलाप नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने उनको भनाइ छ।
