मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

ठूला माछा प्रकरणमा सरकार पछि हट्नु विडम्बनापूर्ण: डा. भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकार ठूला माछा समात्ने प्रकरणमा पछि हट्नुलाई विडम्बनापूर्ण भनेका छन्। उनले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्नेमा जोड दिएका छन्। भट्टराईले शक्तिशाली व्यक्तिले प्रमाण नपुग्दा उन्मुक्ति पाउने तर गरिबले तत्काल दण्ड भोग्नुपर्ने न्यायिक प्रणालीको आलोचना गरेका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
ठूला माछा प्रकरण
Share:
१४१

सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ‘ठूला माछा’ प्रकरणमा पछि हट्नु विडम्बनापूर्ण भएको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताएका छन्। उनले सामाजिक सञ्जालमा प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेको तस्बिर राख्दै यस्तो टिप्पणी गरेका हुन्। भट्टराईले लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्नेमा जोड दिए।

‘सुशासन र समृद्धिको नारा दिएर निर्वाचित सरकार ठूला माछा समात्ने प्रकरणहरूमा एक पछि अर्को गरी पछि हट्नुपर्ने स्थिति आउनु विडम्बनापूर्ण छ,’ उनले भने, ‘हो, लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ।’

उनले गरिब तथा कमजोर व्यक्तिले हतारमा प्रमाण छाडेर चोरी गर्दा पक्राउ परी दण्डित हुने तर आर्थिक तथा सामाजिक रूपमा शक्तिशाली व्यक्तिले प्रमाण नछोडी अपराध गर्दा प्रमाण अभावमा निर्दोष ठहरिने अवस्था रहेको बताए। ‘तर, झुत्रेझाम्रे भोको मान्छेले हतारमा प्रमाण छोडेर बारीको कांक्रो चोर्दा पक्रिएर दण्डित हुने! अनि पेट भरिएको सुकिलामुकिलाले सबुत नछोडिकन भित्ता फोरेर हिरा चोर्दा प्रमाण नभेटिएर निर्दोष ठहर्ने ! हाम्रो यस्तो न्यायिक प्रणालीलाई के गर्ने?’

विज्ञापन

भट्टराईले देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि त्यस्तो गतिविधि गरिरहने विभिन्न स्वरूपका समूहलाई नियन्त्रण नगरी सुशासन र समृद्धिको वास्तविक सुरुवात हुन नसक्ने बताए। ‘देशलाई व्यवस्थित ढंगले लुट्दै आएका र भविष्यमा पनि लुटिरहने विभिन्न भेषधारी गिरोहलाई पहिले नष्ट नगरी सुशासन र समृद्धिको सही सुरुवात हुन्न,’ उनले भने।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार