मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

नक्कली भुटानी शरणार्थी प्रकरण: रायमाझीलाई ११, खाणलाई ५ वर्ष ३ महिना कैद

• पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ११ वर्ष कैद सजाय।• पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय।• नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई अदालतले सुनायो कैद फैसला।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
नक्कली भुटानी शरणार्थी प्रकरण
Share:
२०३

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई ११ वर्ष र पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ५ वर्ष ३ महिना कैद सजाय तोकिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार दुई पूर्वमन्त्री रायमाझी र खाणलाई कैद सजाय सुनाएको हो।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा रायमाझी ठगी, संगठित अपराध, राज्यविरूद्धको अपराध र एकीकृत अपराधतर्फ दोषी ठहर भएका थिए।

यसैगरी, खाण ठगी, संगठित अपराध र राज्यविरूद्धको अपराधको मतियारका रूपमा दोषी ठहर भएका थिए।

अदालतले असार २३ गते रायमाझी र खाणसहित १६ जनालाई दोषी ठहर गरेकोमा मंगलबार सजाय निर्धारण गरेको हो।

अदालतले पूर्व गृहसचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मिया, तत्कालीन गृहमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल तथा विचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, गोविन्द चौधरी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई पनि कैद सजाय तोकेको छ।

किर्ते अभियोगमा टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलाई दोषी ठहर गरिएको थियो।

ठगी तथा संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए।

ठगी तथा संगठित अपराधको मतियारमा बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल दोषी ठहर भएका थिए।

राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, गोविन्द चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे, टोपबहादुर रायमाझी दोषी ठहर भएका थिए।

राज्यविरुद्धको अपराधको मतियारमा बालकृष्ण खाण, टेकनाथ रिजाल, नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र ठगी उद्योगमा वेचन झा दोषी ठहर भएका थिए। ठहर भएका १६ जनाविरूद्ध मंगलबार अदालतले कैद सजाय सुनाएको हो।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

थप समाचार