NM Khabar 8 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

बर्डफ्लु: काठमाडौं उपत्यका र काभ्रेमा जोखिम कायमै

• बर्डफ्लु सङ्क्रमण देशका अधिकांश जिल्लामा नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा जोखिम कायमै छ। • काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको छ भने उपत्यकाका तीन जिल्लामा यथावत् छ। • हालसम्म देशभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा र दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ।
Sanjay Karki
Sanjay Karki
8 July 2026, 8:32 am १ मिनेट पढाइ
आकार:
बर्डफ्लु काठमाडौं काभ्रे
Share:

पशु सेवा विभागका अनुसार देशका अधिकांश जिल्लामा बर्डफ्लु सङ्क्रमण नियन्त्रणमा आए पनि काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोकमा भने जोखिम अझै कायम रहेको छ । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवनलगायतका जिल्लामा सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ ।

विभागका वरिष्ठ पशु सेवा चिकित्सक डा. मुकुल उपाध्यायले उपत्यकाका तीन जिल्लामा सङ्क्रमणको अवस्था यथावत् रहे पनि काभ्रेपलाञ्चोकमा सङ्क्रमण तीव्र रूपमा फैलिरहेको बताए ।

विभागको तथ्याङ्कअनुसार हालसम्म देशभर सात लाख ५४ हजार ५ सय पन्छी, १० लाख ९१ हजार ३ सय ३ अण्डा तथा दुई लाख ४३ हजार ६ सय ३५ केजी दाना नष्ट गरिएको छ ।

यसमध्ये काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा मात्रै दुई लाख ८६ हजार २ सय ७७ पन्छी, एक लाख ७९ हजार ६४ अण्डा र ७४ हजार केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

डा. उपाध्यायका अनुसार जोखिमयुक्त क्षेत्रको स्थलगत अनुगमन गरी सङ्घीय र स्थानीय सरकारको समन्वयमा प्रतिवेदन तयार पारिएको छ । सोही आधारमा सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्ने तथा सङ्क्रमण नियन्त्रणका अन्य उपाय कार्यान्वयन प्रक्रिया अघि बढाइएको छ ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार