NM Khabar 2 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवनमा ३४८ शव व्यवस्थापन: १२९ जनाको पहिचान अझै हुन सकेन

रसुवाको बाढीले बगाएका ३४८ शव चितवनमा भेटिएका छन्। व्यवस्थापन गरिएका मध्ये १२९ जनाको लिङ्ग पहिचान हुन सकेको छैन। डिएनए नमूना संकलन गरी शवहरूको व्यवस्थापन कार्य जारी छ।
Kamala Devi
Kamala Devi
2 September 2026, 5:33 am १ मिनेट पढाइ
आकार:
चितवन शव व्यवस्थापन
Share:

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाएर त्रिशूली र नारायणी नदी हुँदै चितवन आइपुगेका ३४८ शवमध्ये १२९ जनाको पहिचान हुन सकेको छैन। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा मंगलबार रातिसम्म ३३५ वटा शवको व्यवस्थापन गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी चन्द्रभूषन यादवका अनुसार हालसम्म फेला परेका ३४८ शवमध्ये ३३५ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको मात्र सनाखत भएको छ।

शव व्यवस्थापन गर्न कठिन भएपछि प्रहरीले डिएनए नमूना संकलन गरी शनिबारदेखि जंगलमा खाडल खनेर गाड्न थालेको हो। शनिबार ९६ वटा, आइतबार १०३, सोमबार ८१ र मंगलबार ५५ वटा शव जमिनमुनी व्यवस्थापन गरिएको छ।

जमिनमुनी व्यवस्थापन गरिएका शवमध्ये सबैभन्दा बढी लिङ्ग पहिचान नभएका एक सय २९ वटा छन्। त्यसैगरी, पुरुष १०७, महिला ७३, बालिका १५ र बालक ११ जनाको शव पहिचान भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख रामेश्वर पौडेलले शवहरूको डिएनए नमूना सुरक्षित राखेर जङ्गलमा व्यवस्थापन गरिएको बताए। सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन्।

केही शव आफन्तले पहिचान गरे पनि गाडिसकेका कारण लिन पाएका छैनन्। केही आफन्तले शव पहिचान गर्न नसकेको गुनासो गरेका छन्। अहिले चितवनमा आफन्तजनले डिएनए परीक्षणका लागि नमूना दिन थालेका छन्।

नदी किनारमा शव फेला पर्ने क्रम अझै रोकिएको छैन। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा खटिएको छ। सोमबार मात्रै चितवनमा ४९ वटा शव फेला परेका थिए।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार