NM Khabar 10 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

चितवन विवाह भोजमा विषाक्त खानाले ९३ बिरामी, ५० जना उपचाररत

चितवनको भरतपुरमा विवाह भोज खाएपछि ९३ जना बिरामी परेका छन्। तीमध्ये ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्, सबै खतरामुक्त छन्। घटनापछि पार्टी प्यालेसका दुई जना नियन्त्रणमा छन्, अनुसन्धान जारी छ।
Sanjay Karki
Sanjay Karki
10 May 2026, 3:32 pm १ मिनेट पढाइ
आकार:
Share:

चितवनको चौतारी पार्टी प्यालेसमा विवाह भोज खाएका ९३ जना विषाक्त खानाले बिरामी परेका छन्। तीमध्ये ५० जना विभिन्न अस्पतालमा उपचाररत छन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ।

केही बिरामीको काठमाडौँको निजामती कर्मचारी (सिभिल) अस्पताल र त्रिवि शिक्षण अस्पतालमा पनि उपचार भइरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिए।

प्रहरी उपरीक्षक पुरीले ९३ बिरामीमध्ये ५० जना उपचाररत रहेको बताए। दुई जना आईसीयूबाट वार्डमा सारिएका छन्, सबैको अवस्था खतरामुक्त छ।

घटनापछि पार्टी प्यालेसका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले यससम्बन्धी थप अध्ययन गर्ने प्रहरी उपरीक्षक पुरीले बताए।

डिभिजन कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका छन्। बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्ने उनले बताए। बिरामीमा उच्च रक्तचाप, कडा ज्वरो र पखालाको लक्षण देखिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

Nmkhabar का ब्रेकिङ न्युज डेस्क संवाददाता। तत्काल समाचार र ठूला घटनाको छिटो, सटिक र भरपर्दो रिपोर्टिङका लागि परिचित।

सम्बन्धित समाचार