मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

देवानगञ्ज गोलीकाण्ड: दुई पक्राउ, फरारको खोजी

• सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट १९ वर्षीय निरजकुमार यादव गम्भीर घाइते भएका छन्। • प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरेको छ भने छ जना फरार छन्। • यसअघि सोही क्षेत्रमा झडप हुँदा तीन जनाको मृत्यु भएको थियो।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
देवानगञ्ज गोली काण्ड
Share:
११०

सुनसरीको देवानगञ्ज गाउँपालिका–१ कप्तानगञ्जमा शनिबार साँझ गोली प्रहारबाट १९ वर्षीय निरजकुमार यादव गम्भीर घाइते भएका छन्। लक्ष्मीनारायण मन्दिर अगाडि भएको घटनामा सोही ठाउँका यादवको तिघ्रामा गोली लागेको हो।

गाउँपालिका अध्यक्ष वेचन मेहताका अनुसार घाइते यादवको विराटनगरस्थित नोवेल अस्पतालमा उपचार भइरहेको छ। घटनालगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटनामा संलग्न अन्य छ जना फरार छन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी एवं प्रवक्ता चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गरेका छन्। कप्तानगञ्जमा गत साउन १० गते दुई पक्षबिच झडप हुँदा तीन जनाको मृत्यु भएको थियो। प्रहरीले चलाएको गोली लागेर ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहताको मृत्यु भएको थियो।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार