मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कागेश्वरीकी इन्जिनियर घुससहित रंगेहात पक्राउ, अख्तियारद्वारा अनुसन्धान सुरु

कागेश्वरी मनोहरा नगरपालिकाकी इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्। सेवाग्राहीबाट 'स्ट्रक्चर एनालाइसिस' स्वीकृत गरिदिने बहानामा घुस मागेको आरोप छ। अख्तियारले घुस लिइसकेको अवस्थामा इन्जिनियर कार्की र मध्यस्थकर्ता आस्मा कार्कीलाई नियन्त्रणमा लिई भ्रष्टाचार मुद्दामा अनुसन्धान सुरु गरेको छ।
Arjun Basnet
खोजमूलक पत्रकार
१ मिनेट पढाइ
आकार:
इन्जिनियर घुस काण्ड
Share:
१५३

कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखा प्रमुख इन्जिनियर दीपा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।

आयोगका अनुसार इन्जिनियर कार्कीले ‘स्ट्रक्चर एनालाइसिस’ को काम स्वीकृत गरिदिने बहानामा सेवाग्राहीसँग पटकपटक घुस माग गरिरहेकी थिइन्। यस कार्यमा मध्यस्थकर्ताको भूमिका खेल्ने आस्मा कार्की पनि संलग्न रहेको पाइएको छ।

सेवाग्राहीको सूचना एवं उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालय टङ्गालबाट खटिएको टोलीले नगरपालिका कार्यालय थली, डाँछीबाट सोमबार दुवै जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेका दुवै जनाविरुद्ध विशेष अदालतबाट म्याद थप अनुमति लिई घुस/रिसवत भ्रष्टाचारसम्बन्धी मुद्दामा विस्तृत अनुसन्धान अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Arjun Basnet

Arjun Basnet

खोजमूलक पत्रकार

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार