NM Khabar 21 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रौतहटमा इन्जिनियर साहको अवैध असुली धन्दा: सरुवापछि पनि किन रोएनन् भ्रष्टाचार?

रौतहटमा इन्जिनियर रामबाबु साहले सरुवापछि पनि अवैध असुली जारी राखेको आरोप छ। व्यवसायीहरूलाई त्रसित बनाउने र जरिवानाको धम्की दिने गरेको उजुरी परेको छ।
Arjun Basnet
Arjun Basnet
21 May 2026, 12:04 pm १ मिनेट पढाइ
आकार:
इन्जिनियर रामबाबु साह
Share:

जिल्ला समन्वय समिति रौतहटका इन्जिनियर रामबाबु साहले अनुचित लेनदेन र कमिसन नपाएपछि जिल्लाका क्रसर तथा टिपर व्यवसायीहरूलाई त्रसित बनाउन थालेको आरोप लागेको छ। लामो समय पूर्वाधार कार्यालय रौतहटमा कार्यरत रही केही महिनाअघि मात्रै जिल्ला समन्वय समितिमा सरुवा भएका साहले वैध रूपमा सञ्चालित व्यवसायमाथि समेत गिद्धे नजर लगाएको स्थानीय व्यवसायीहरूको भनाइ छ।

मुख्य निष्कर्षहरू

  • इन्जिनियर साहले आफ्ना प्रतिनिधि खटाएर क्रसर उद्योगहरूमा अनुगमनको नाममा मोटो रकम बार्गेनिङ गर्ने गरेका छन्।
  • मागबमोजिमको रकम नदिए प्रहरी प्रशासनलाई प्रभावमा पारी वैध गिटी-बालुवा बोकेका ट्रक, टिपर र ट्याक्टरहरूलाई बाटोमै रोक्ने र ३० देखि ५० हजार रुपैयाँसम्म गैरकानुनी जरिवाना तिराउने गरेको आरोप छ।
  • पूर्वाधार कार्यालय रौतहटमा रहँदा व्यापक अनियमितता गरी गौर, वीरगन्ज र काठमाडौँमा अकुत सम्पत्ति आर्जन गरेको आरोप छ।
  • जिल्ला समन्वय समिति खोटाङमा सरुवा भएता पनि मन्त्रालयसँग सेटिङ मिलाएर रौतहटमै बसेर अवैध कमाइ गरिरहेको दाबी स्रोतको छ।
  • अवैध कमिसनको हिस्सा समन्वय समितिका सभापतिदेखि कार्यालय प्रमुखसम्म पुग्ने गरेकोले उनको मनोबल बढेको छ।

भ्रष्टाचारको जालो

स्थानीय व्यवसायीहरूका अनुसार इन्जिनियर साहले विभिन्न क्रसर उद्योगहरूमा आफ्ना प्रतिनिधि खटाएर अनुगमनको नाममा मोटो रकम बार्गेनिङ गर्ने गरेका छन्। मागबमोजिमको रकम नदिए प्रहरी प्रशासनलाई प्रभावमा पारी भ्याट बिल सहितका वैध गिटी-बालुवा बोकेका ट्रक, टिपर र ट्याक्टरहरूलाई बाटोमै रोकेर दुःख दिने र अन्ततः आफ्नो कार्यालयमा पुर्‍याएर ३० देखि ५० हजार रुपैयाँसम्म गैरकानुनी जरिवाना तिराउने गरेको आरोप उनीमाथि छ।

पूर्वाधार कार्यालय रौतहटमा रहँदा नै व्यापक अनियमितता गरी गौर, वीरगन्ज र काठमाडौँ जस्ता प्रमुख शहरहरूमा अकुत सम्पत्ति आर्जन गरेको आरोप खेपिरहेका साहले हाल जिल्ला समन्वय समितिलाई नै भ्रष्टाचारको अखडा बनाएको स्थानीयको भनाइ छ। यसरी उठाइने अवैध कमिसनको हिस्सा समन्वय समितिका सभापतिदेखि कार्यालय प्रमुखसम्म पुग्ने गरेकोले नै उनको मनोबल बढेको स्रोतको दाबी छ।

कानुनको उल्लंघन र मौन निकाय

भ्रष्टाचार र अनियमिततामा लिप्त इन्जिनियर साहको जिल्ला समन्वय समिति खोटाङ्गमा सरुवा भएता पनि मन्त्रालय सँग सेटिङ मिलाएर अवैध कमाइको लोभमा रौतहट समन्वय समितिमा डेरा जमाएको आरोप छ। कानुनको खिल्ली उडाउँदै जबरजस्ती रौतहटमै बसेर असुली धन्दा चलाइरहँदा समेत सम्बन्धित माथिल्लो निकाय र नियामक संस्था मौन रहनुले थप आशंका उब्जाएको छ।

जनताको माग

व्यवसायीहरूले यस्ता भ्रष्ट कर्मचारीमाथि तत्काल छानबिन गरी कडा कारबाही गर्न माग गरेका छन्। अर्को तर्फ ईन्जिनियर साह आफुले जिवनमा कुनै आर्थिक अनियमितता नगरेको दाबी गरेका छन् ।

अब प्रश्न उठ्छ, इन्जिनियर साहमाथि लागेका यी गम्भीर आरोपको सत्यता के हो? र, कानुन उल्लंघन गरी रौतहटमा बसेर असुली गरिरहेका इन्जिनियर साहमाथि सम्बन्धित निकायले कहिले कारबाही गर्ला?

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार