NM Khabar 24 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

फास्ट ट्र्याकमा लोडरले किचेर चिनियाँ सुपरभाइजरको मृत्यु

मकवानपुरको भीमफेदीमा निर्माणाधीन फास्ट ट्र्याकमा लोडरले किचेर चिनियाँ सुपरभाइजर गुओ फाङ्सुनको मृत्यु भएको छ। मृतक ५१ वर्षीय फाङ्सुन चाइना रेलवे नम्बर-२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा कार्यरत थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।
Sanjay Karki
Sanjay Karki
23 August 2026, 6:32 pm १ मिनेट पढाइ
आकार:
फास्ट ट्र्याक दुर्घटना
Share:

मकवानपुरको भीमफेदी-८ महादेवटारमा निर्माणाधीन फास्ट ट्र्याकमा लोडरले किचेर चिनियाँ सुपरभाइजर गुओ फाङ्सुनको मृत्यु भएको छ। शनिबार दिउँसो करिब २ बजे काम गर्ने क्रममा लोडरको पछाडिको चक्काले किच्दा ५१ वर्षीय फाङ्सुनको घटनास्थलमै ज्यान गएको हो। Nmkhabarलाई प्रहरीले पुष्टि गर्‍यो।

फाङ्सुन चाइना रेलवे नम्बर-२ इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडमा सुपरभाइजर थिए। कञ्चनपुरको शुक्लाफाँटा-१ घर भएका ४८ वर्षीय गौरसिंह साउदले लोडर चलाएका थिए। प्रहरीका अनुसार लोडरको पछाडिको चक्काले किचेर फाङ्सुन गम्भीर घाइते भएका थिए।

घटनास्थल जाँच मुचुल्का सकिएको छ। शव पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको शवगृहमा राखिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार