मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटन विवाद: गोली लागेर घाइतेलाई प्रधानमन्त्रीको निर्देशनमा काठमाडौँ ल्याइयो

बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विवादले गोलीबारीमा परि एक जना घाइते भएपछि प्रधानमन्त्री कार्यालयले तत्काल थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउन निर्देशन दिएको छ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
फेटा गाउँपालिका
Share:

ताजा अपडेट: फेटा घटना: गोली लागेका पासवानको अवस्था स्थिर, छानबिन समिति गठन

बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विवादले गोलीबारीमा परि एक जना घाइते भएपछि प्रधानमन्त्री कार्यालयले तत्काल थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याउन निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयको सचिवालयमार्फत यो निर्देशन जारी भएको हो।

प्रधानमन्त्री कार्यालयले यस घटनाप्रति दुःख व्यक्त गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सचिवालयका अनुसार, घटनामा संलग्न र घटना गराउने वातावरण सिर्जना गर्ने लगायत सबैलाई आवश्यक कानुनी दायरामा ल्याइनेछ। यसका लागि सम्बन्धित सबै निकायसँग छलफल भइरहेको छ।

विज्ञापन

प्रधानमन्त्रीको सचिवालयले शान्ति कायम राख्न र कुनै किसिमले अरूको बहकावमा नआउन सबैमा अनुरोध गरेको छ। यस घटनालाई बढावा नदिन पनि सम्बन्धित सबैलाई हार्दिक अनुरोध गरिएको छ। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै परिवारजनलाई धैर्य धारण गर्न पनि सचिवालयले आग्रह गरेको छ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार