मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

अर्थमन्त्री वाग्ले योजना आयोगको सीमाभन्दा ३ खर्ब बढीको बजेट ल्याउने तयारीमा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज अपराह्न ४ बजे संघीय संसदमा प्रस्तुत गर्दैछन् । योजना आयोगले तोकेको १८ खर्ब ९० अर्बको सीमाभन्दा करिब ३ खर्ब बढीको बजेट ल्याइने तयारी छ । कर्मचारी तलब वृद्धि र पूर्वाधारमा लगानी बजेट बढ्नुका मुख्य कारण हुन् ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
Share:
१९०

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।

राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो । अर्थमन्त्री वाग्लेले आयोगको सीमाभन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेका छन् ।

कर्मचारीको श्रेणीगत तलब वृद्धि र केही ठूला पूर्वाधारमा लगानी गर्ने सरकारी नीतिका कारण बजेटको आकार अस्वभाविक रूपमा बढाउन लागिएको हो । चालु आर्थिक वर्षको मध्यकालीन खर्च संरचनाले २१ खर्ब २८ अर्बको बजेट ल्याउन बाटो खोलेको थियो ।

विज्ञापन

चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) ६६ खर्ब पुगेको छ । सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी अर्थात ३ खर्ब ५० अर्बभन्दा बढी आन्तरिक ऋण लिँदा अर्थतन्त्रले धान्न सक्छ ।

अर्थमन्त्रीले साधारण खर्च घटाउने, पुँजीगत खर्च वृद्धि गर्ने तथा करको दरमा हेरफेर गर्ने गरी बजेट वक्तव्य तयार पारेका छन् ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार