NM Khabar 31 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

सुनको भाउमा २०,५०० रुपैयाँले वृद्धि, तोलाको ३ लाख ११ हजार १००

नेपाली बजारमा सुनको मूल्यमा आइतबार एकाएक ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो।
Sunita Rai
Sunita Rai
31 May 2026, 11:02 am १ मिनेट पढाइ
आकार:
Share:

नेपाली बजारमा सुनको मूल्यमा आइतबार एकाएक ठूलो वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो। आइतबारको यो मूल्य वृद्धिले सुनको भाउमा ठूलो उतारचढाव आएको छ।

सरकारले आगामी आर्थिक वर्ष २०८३-०८४ को बजेटमा सुन आयातमा लाग्दै आएको १० प्रतिशत भन्सार महसुललाई बढाएर २० प्रतिशत पुर्‍याएको छ। यसको प्रत्यक्ष असर सुनको मूल्यमा देखिएको छ।

त्यसैगरी, आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ। शुक्रबार चाँदीको मूल्य तोलाको ५ हजार ४० रुपैयाँ थियो।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार