मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

आईजीपी कार्कीबारे सांसद सुनारको अभिव्यक्ति संसदीय रेकर्डबाट हट्यो

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबारे प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ। सभामुख देवप्रसाद अर्यालले गत भदौ २६ गतेको बैठकमा सांसद सुनारले व्यक्त गरेका विवादित अंश हटाउन निर्देशन दिएका हुन्।
Laxmi Bhattarai
१ मिनेट पढाइ
आकार:
खगेन्द्र सुनार आईजीपी
Share:

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबारे प्रतिनिधिसभा बैठकमा दिएको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइएको छ। सभामुख देवप्रसाद अर्यालले गत भदौ २६ गतेको बैठकमा सांसद सुनारले व्यक्त गरेका विवादित अंश हटाउन निर्देशन दिएका हुन्।

सांसद सुनारले प्रहरीको पोशाक, जुत्ता र मोजा खरिदमा करोडौंको भ्रष्टाचारको दाबी गर्दै आईजीपी कार्कीमाथि छानबिन र बर्खास्तीको माग गरेका थिए। उनले ‘कहिल्यै पनि बाबुलाई छोरीको, पुलिसलाई चोरीको आरोप गम्भीर हुन्छ’ भन्दै कार्कीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताएका थिए।

सार्वजनिक लेखा समितिको बैठकमा समेत यस विषयमा सांसद सुनार र अन्य सांसदबीच चर्काचर्की परेको थियो। त्यसक्रममा आक्रोशित सुनार बैठक छाडेर हिँडेका थिए। पूर्वप्रहरी अधिकारी र केही सांसदहरूले सुनारको अभिव्यक्ति अमर्यादित र शिष्टाचारविपरीत भएको भन्दै संसदीय रेकर्डबाट हटाउन माग गरेका थिए।

संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले सांसद सुनारले व्यक्त गरेका केही शब्द रेकर्डबाट हटाइएको पुष्टि गरेका छन्। सभामुख अर्यालले ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु’ भनी निर्देशन दिएका थिए।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार