NM Khabar 5 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डे कर्जा दुरुपयोग आरोपमा पक्राउ

जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे कर्जा दुरुपयोगको आरोपमा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई धनुषाबाट नियन्त्रणमा लिएको हो। कृत्रिम कम्पनी खडा गरी, धितोको अस्वभाविक मूल्याङ्कन गराएर बैंकबाट ऋण लिई दुरुपयोग गरेको आरोप पाण्डेमाथि छ।
Arjun Basnet
Arjun Basnet
3 June 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
जानकी मेडिकल कलेज अध्यक्ष पक्राउ
Share:

प्रभु बैंकबाट कर्जा लिएर दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पाण्डेलाई धनुषाको छिरेश्वरनाथ-१ रमदैयास्थित कलेज परिसरबाटै नियन्त्रणमा लिएको हो।

पाण्डेले कृत्रिम कम्पनी खडा गरी, विस्तृत परियोजना प्रतिवेदन (DPR) बिना नै धितोको अस्वभाविक मूल्याङ्कन गराएर प्रभु बैंकबाट ऋण लिएको पाइएको छ। सो कर्जाको रकम पटकपटक दुरुपयोग गरी अन्यत्र लगानी गरेको खुलेपछि सीआईबीले उनलाई पक्राउ गरेको हो।

सीआईबीका एक उच्च अधिकारीका अनुसार पाण्डेमाथि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। पाण्डे विरुद्ध उच्च अदालत पाटनबाट २०८२ मंसिर २८ गते पक्राउ पुर्जी जारी भएको थियो।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जानकी मेडिकल कलेज सन् २००३ मा स्थापना भएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार