मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

जनकपुरको भूतनाथ मन्दिरमा चोरी गर्ने प्रयास, प्रहरीले २ मिनेटमै पक्राउ गर्‍यो

• जनकपुरको भूतनाथ मन्दिरमा राति चोरी गर्ने प्रयासमा रहेका एक व्यक्तिलाई प्रहरीले २ मिनेटमै पक्राउ गर्‍यो। • भारत बिहारका मोतिफर रहमान मियाँले जलढरी, मुकुट लगायतका बहुमूल्य सामग्री चोर्न खोजेका थिए। • स्थानीयको सूचना र प्रहरीको तत्परताले अभियुक्त पक्राउ परे, अर्का फरार छन्।
Kamala Devi
क्षेत्रीय संवाददाता
१ मिनेट पढाइ
आकार:
जनकपुर भूतनाथ मन्दिर चोरी
Share:
१३८

जनकपुरको भूतनाथ (स्वर्गद्वारी) मन्दिरमा राति चोरी गर्ने प्रयासमा रहेका एक जनालाई धनुषा प्रहरीले करिब दुई मिनेटमै पक्राउ गर्न सफल भएको छ। प्रहरीले चोरीका सामानसहित अभियुक्तलाई नियन्त्रणमा लिएको छ।

गएराति करिब १:३० बजेको समयमा मन्दिरमा चोरी गर्न पसेका भारत बिहार घर भएका २६ वर्षीय मोतिफर रहमान मियाँलाई प्रहरीले रंगेहात पक्राउ गरेको हो। उनीसँगै अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मियाँले मन्दिरको जलढरी, भगवानको ठूलो मुकुट, चार वटा मध्यम मुकुट र नागदेवता जस्ता बहुमूल्य सामग्रीहरू कम्बलमा बाँधेर लैजान खोजेका थिए।

घटनास्थल नजिकैको घरको छतमा सुतिरहेका एक युवकले चोरी भइरहेको देखेर तत्कालै धनुषा प्रहरीलाई खबर गरेका थिए। सूचना पाउनेबित्तिकै ड्युटीमा रहेका प्रहरी टोली तुरुन्तै घटनास्थल पुगेर मियाँलाई पक्राउ गर्न सफल भएको थियो।

पक्राउ परेका मियाँलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ। प्रहरीले फरार रहेका अर्का व्यक्तिको खोजी कार्य जारी राखेको छ र अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने जनाएको छ।

Kamala Devi

Kamala Devi

क्षेत्रीय संवाददाता

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

थप समाचार