मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

एनपीएल २०२६: आज जनकपुर बोल्ट्स र चितवन राइनोजबीच प्रतिस्पर्धा

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ जनकपुर बोल्ट्स र चितवन राइनोजबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
जनकपुर बोल्ट्स चितवन राइनोज
Share:

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज साँझ जनकपुर बोल्ट्स र चितवन राइनोजबीच कीर्तिपुरको टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताको २५औँ खेलका रूपमा यो भिडन्त साँझ ५ बजे सुरु हुनेछ।

जारी सिजनमा हर्मीत सिंहको कप्तानीमा रहेको जनकपुर बोल्ट्सले ६ खेलमध्ये दुईमा जित हासिल गर्दै ४ अंकसहित छैटौँ स्थानमा छ। जनकपुरले कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने काठमाडौं गुर्खाज र पोखरा एभेन्जर्सविरुद्ध जित निकालेको थियो।

उता कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले ५ खेल खेल्दा ५ अंक जोडेर पाँचौँ स्थानमा छ। चितवनले विराटनगर किंग्स र पोखरा एभेन्जर्सलाई हराएको थियो भने लुम्बिनी लायन्ससँगको खेल नतिजाविहीन टुंगिएको थियो। सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजसँग भने चितवन पराजित भएको थियो।

विज्ञापन

आजको खेलले दुवै टोलीलाई अंक तालिकामा सुधार गर्ने अवसर प्रदान गर्नेछ।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार