झापामा वित्तीय अपराधका ३७३ मुद्दा दर्ता, १५५ पक्राउ
डिजिटल प्रविधिको विस्तारसँगै आर्थिक कारोबार सहज बन्दै गए पनि झापामा वित्तीय अपराधका घटना बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आर्थिक वर्ष २०८२-८३ मा बैंकिङ कसुर, ठगी, अनलाइन सट्टेबाजी तथा आपराधिक लाभसम्बन्धी ३७३ मुद्दा दर्ता भएका छन्।
यी ३७३ मुद्दा मध्ये २७० वटा फछ्र्योट भइसकेका छन्। १०३ वटा मुद्दा अझै अनुसन्धानकै क्रममा छन्। प्रहरीले घटनामा संलग्न १५५ जनालाई पक्राउ गरेको छ। ३१० जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षकले जानकारी दिए।
फरार ३१० जनाको खोजी तीव्र
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षकका अनुसार फरार ३१० जनालाई पक्राउ गर्न प्रहरीले विशेष अभियान चलाइरहेको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको छ। आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ।
