NM Khabar 28 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

ज्योति गुरुङविरुद्ध २१ दिने सूचना: मितेरी सहकारीको १२ करोड हिनामिना प्रकरणमा अदालतको आदेश

मितेरी सहकारीको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। यसअघि गुरुङविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भइसकेको छ।
Arjun Basnet
Arjun Basnet
25 May 2026, 10:02 am १ मिनेट पढाइ
आकार:
ज्योति गुरुङ सहकारी
Share:

मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा ज्योति गुरुङविरुद्ध ललितपुर जिल्ला अदालतले २१ दिने सार्वजनिक सूचना जारी गरेको छ। नेपाली कांग्रेसका नेता धनराज गुरुङकी पूर्वपत्नीसमेत रहेकी गुरुङलाई सबुत प्रमाणसहित अदालतमा उपस्थित भई प्रतिउत्तर पेश गर्न आदेश दिइएको हो।

सहकारीको रकम हिनामिना गरी फरार रहेको आरोपमा गुरुङविरुद्ध यसअघि नै इन्टरपोलमार्फत ‘रेड नोटिस’ समेत जारी भइसकेको छ। अदालतले सोमबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा प्रतिनिधिमार्फत उपस्थित हुन भनेको छ।

तोकिएको समयभित्र उपस्थित नभएमा कानुनबमोजिम मुद्दा अघि बढ्ने र त्यसपछि कुनै उजुर नलाग्ने अदालतले स्पष्ट पारेको छ। अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख गरिएको छ, जसमा उनका पति धनराज गुरुङको नाम पनि समावेश छ।

मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १०५ को उपदफा (२२) बमोजिम यो म्याद सूचना प्रकाशित गरिएको हो। जरजेल मुद्दामा बोध बिक्रम थापाले गुरुङविरुद्ध लेनदेन मुद्दा दायर गरेका थिए।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार