NM Khabar 16 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

काभ्रेमा वर्षाले कृषिबालीमा ४६ करोडभन्दा बढीको क्षति

काभ्रेपलाञ्चोकका पनौती र बेथानचोकमा वैशाखको वर्षाले ४६ करोडभन्दा बढीको कृषिबाली क्षति पुर्‍यायो। पनौतीमा आलु, तरकारी र फलफूलमा ४६ करोड, बेथानचोकमा ६५ लाख बराबरको नोक्सानी भयो। प्रदेश सरकारसँग राहतका लागि समन्वय भइरहेको छ, सांसदले पनि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
Sanjay Karki
Sanjay Karki
16 May 2026, 6:02 am १ मिनेट पढाइ
आकार:
Share:

काभ्रेपलाञ्चोकका दुई स्थानीय तहमा वैशाखको वर्षाले ४६ करोडभन्दा बढीको कृषिबाली क्षति पुर्‍यायो।

पनौती नगरपालिका र बेथानचोक गाउँपालिकाले जिल्ला कृषि कार्यालयमा बुझाएको विवरणअनुसार पनौतीमा ४६ करोड रुपैयाँ बराबरको कृषिबालीमा क्षति पुगेको छ।

पनौतीका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीका अनुसार ७५० हेक्टरमा लगाइएको १० हजार ३०० मेट्रिकटन आलुमा आंशिक तथा पूर्ण क्षति भयो। यसबाट ४३ करोड २६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

पनौतीमा ५०० टनेलमा २५ लाख, १० हेक्टरको २५० मेट्रिकटन गोलभेँडामा १ करोड २५ लाख क्षति भयो। यस्तै, १० हेक्टरको ३०० मेट्रिकटन काँक्रामा १ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको ओलीले जानकारी दिए।

बेथानचोक गाउँपालिकामा करिब ६५ लाख रुपैयाँ बराबरको उत्पादनमा क्षति पुगेको कृषि शाखा प्रमुख दिपेन्द्र पन्तले बताए।

बेथानचोकको वडा नं १ मा ६०० रोपनी क्षेत्रफलको ८० मेट्रिकटन कृषि बालीमा क्षति पुग्यो। आलु, तोरी, सस्र्यु, केराउ, मकै, सुन्तला, बोधिचित्तका फूल तथा चिचिला नष्ट भए।

बेथानचोकका वडा २ मा ४००, वडा ३ मा १ हजार २०० रोपनीमा बाली क्षति भयो। वडा ४ मा ६००, वडा ५ मा ५०० र वडा ६ मा ३०० रोपनीमा पनि बालीमा क्षति पुगेको विवरण छ। गाउँपालिकाले कागती, सुन्तला, बोधिचित्तका फूल तथा तरकारी बालीमा अधिक क्षति भएको जनायो।

जिल्ला कृषि कार्यालयका प्रमुख कुलप्रसाद दवाडीका अनुसार धुलिखेल नगरपालिका–१० र १२ का कृषि बाली क्षतिको विवरण आउन बाँकी छ।

दवाडीले कृषकलाई अन्नबाली र तरकारी बाली क्षतिको राहतका लागि प्रदेश सरकारसँग समन्वय गरेको बताए।

वैशाखको वर्षापछि सांसद मधुकुमार चौलागाईंसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्‍यो।

सांसद चौलागाईंले पीडित कृषकलाई भेदभाव नगरी राहत उपलब्ध गराउन संसद्मा विषय उठाउने प्रतिबद्धता जनाए।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार