कोशी प्रदेशका १४ जिल्ला र मधेस प्रदेशका सिरहा-सप्तरीमा १५ हजार ९२१ मेट्रिक टन रासायनिक मल बिक्री गरिने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गर्दैछ।
पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृत सम्मिलित समितिले निर्णय गरेर मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए।
बिक्री गरिने मलमा डिएपी एक हजार ८२९ टन, युरिया १० हजार ८४२ टन, पोटास तीन हजार ९१ टन र कृषि चुन १५९ टन मौज्दात छ।
५० केजीको एक बोरा डिएपी रु दुई हजार २००, युरिया रु ७५०, पोटास रु एक हजार ६०० र कृषि चुन रु ४३० मा बिक्री गरिनेछ।
