मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

कोशी र मधेसमा १५ हजार टन अनुदानको मल बिक्री गरिने

कोशी प्रदेशका १४ जिल्ला र मधेसका सिरहा-सप्तरीमा किसानलाई १५ हजार ९२१ टन अनुदानको रासायनिक मल बिक्री गरिने भएको छ। डिएपी, युरिया, पोटास र चुनको मूल्य निर्धारण गरिएको छ।
Nmkhabar
१ मिनेट पढाइ
आकार:
Share:
१८२

कोशी प्रदेशका १४ जिल्ला र मधेस प्रदेशका सिरहा-सप्तरीमा १५ हजार ९२१ मेट्रिक टन रासायनिक मल बिक्री गरिने भएको छ। कृषि सामग्री कम्पनी लिमिटेडले ‘रासायनिक मल अनुदान निर्देशिका २०८२’ लागू गर्दैछ।

पालिका उपाध्यक्ष, कृषि विकास अधिकृत र प्रशासकीय अधिकृत सम्मिलित समितिले निर्णय गरेर मल वितरण गरिने कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख कमल पोखरेलले बताए।

बिक्री गरिने मलमा डिएपी एक हजार ८२९ टन, युरिया १० हजार ८४२ टन, पोटास तीन हजार ९१ टन र कृषि चुन १५९ टन मौज्दात छ।

५० केजीको एक बोरा डिएपी रु दुई हजार २००, युरिया रु ७५०, पोटास रु एक हजार ६०० र कृषि चुन रु ४३० मा बिक्री गरिनेछ।

Nmkhabar

Nmkhabar

संवाददाता · Nmkhabar

Nmkhabar का आधिकारिक संवाददाता। सत्य, तथ्य र निष्पक्ष समाचारको लागि हामीलाई पछ्याउनुहोस्।

सम्बन्धित समाचार