NM Khabar 17 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

मधेश प्रदेशसभा सांसद जैनब खातुनको वीरगञ्जमा उपचारका क्रममा निधन

रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी समानुपातिक प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। अचानक रगतमा चिनीको मात्रा बढेपछि अस्पताल लगिएको थियो।
Kamala Devi
Kamala Devi
17 September 2026, 9:02 am १ मिनेट पढाइ
आकार:
जैनब खातुनको निधन
Share:

रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको समानुपातिकतर्फ प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ। फतुवा विजयपुर नगरपालिका–५, सन्तपुर दोस्तियाकी खातुनको बुधबार राति वीरगञ्जस्थित नेशनल मेडिकल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

बुधबार अचानक रगतमा चिनीको मात्रा बढेपछि उनलाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको निधन भएको छोरा रौजन मियाँले जानकारी दिए।

खातुनको आकस्मिक निधनको खबरले परिवार, आफन्त, शुभेच्छुक तथा स्थानीयवासी स्तब्ध भएका छन्। खातुनको निधनले स्थानीय राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत शोकको वातावरण सिर्जना भएको छ। स्थानीयवासीले उनको निधनलाई परिवारसँगै जिल्लाका लागि समेत अपूरणीय क्षति मानेका छन्।

Kamala Devi

Kamala Devi

संवाददाता · NM Khabar

कमला देवी NM खबरकी मधेश क्षेत्र संवाददाता हुन्। तराईका राजनीतिक, सामाजिक र कृषि सम्बन्धी मुद्दाहरूमा जमिनी स्तरबाट रिपोर्टिङ गर्ने उनको शैली विश्वसनीय मानिन्छ। सीमान्तकृत समुदाय र महिलाका अधिकारसम्बन्धी मुद्दाहरूमा उनको विशेष ध्यान छ।

सम्बन्धित समाचार