NM Khabar 26 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमबीएस प्रश्नपत्र प्रकरण: दोषीलाई कारबाही हुन्छ: शिक्षामन्त्री पोखरेल

एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कारबाही हुने शिक्षा मन्त्री सस्मित पोखरेलले बताएका छन्। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
26 July 2026, 6:02 pm १ मिनेट पढाइ
आकार:
एमबीएस प्रश्नपत्र
Share:

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने दोषीलाई कानुनी कारबाही हुने शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्। ८ साउनमा सञ्चालन भएको ‘अर्गनाइजेशनल बिहेबियर’ विषयको परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

मन्त्रालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले प्रश्नपत्र सार्वजनिक भएको जानकारी प्राप्त हुनासाथ गृह मन्त्रालय र नेपाल प्रहरीसँग समन्वय गरी निगरानी बढाइएको बताए। घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जानकारी उनले दिए।

उनले विगतमा पनि यस्ता घटना दोहोरिएको उल्लेख गर्दै यसपटक तत्काल कारबाही प्रक्रिया अघि बढाइएको स्पष्ट पारे। सुशासन विरोधी गतिविधिमा संलग्न जोसुकैलाई कानुनबमोजिम कारबाही गरिने उनले बताए।

घटनाको विस्तृत अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने उनले बताए। प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार