मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

नागढुंगा-मुग्लिन सडक दशैंअघि खुल्ने सम्भावना न्यून

त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडकखण्डमा गम्भीर क्षति पुगेको छ। सडक योजनाका अनुसार दशैंअघि सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ। यात्रु र मालवाहक सवारीसाधनका लागि वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ।
Sarita Pandey
१ मिनेट पढाइ
आकार:
नागढुंगा-मुग्लिन सडक
Share:
१३०

त्रिशूली नदीमा आएको बाढीसँगै कृष्णभीर क्षेत्रमा खसेको पहिरोले नागढुंगा–मुग्लिन सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। नदीको सतहदेखि खसेको पहिरोले सडकमा गम्भीर क्षति पुर्‍याएको छ। सडक पुनः सञ्चालन गर्न स्थायी मर्मत तथा पुनर्निर्माण आवश्यक पर्ने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।

सडक योजनाका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार पहिरोको क्षति हेर्दा अध्ययन, विस्तृत डिजाइन र टेन्डर प्रक्रियामा लामो समय लाग्नेछ। त्यसैले दशैंअघि कृष्णभीरबाटै सडक सञ्चालनमा आउने सम्भावना निकै कम छ।

यसअघि कृष्णभीरलाई पहिरोको जोखिमयुक्त क्षेत्र मानेर मर्मत भइरहेको थियो। जोखिम न्यूनीकरणका लागि भर्टिकल पाइलिङ पूरा भएको थियो। होरिजन्टल एन्करिङको काम बर्खापछि गर्ने तयारी थियो। काम नसकिँदै आएको पहिरोले सडकमा थप क्षति पुर्‍याएको हो।

सडक तत्काल खुल्ने अवस्था नभएपछि यात्रु तथा मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन वैकल्पिक मार्गको खोजी तीव्र पारिएको छ। प्राविधिक टोलीहरूले सम्भावित रुटको निरीक्षण गरिरहेका छन्। छोटो, सुरक्षित र व्यावहारिक मार्गलाई वैकल्पिक रुटका रूपमा अघि बढाइने सडक योजनाले जनाएको छ।

Sarita Pandey

Sarita Pandey

संवाददाता · NM Khabar

सरिता पाण्डे NM खबरकी नीति र शासन संवाददाता हुन्। कानून, संवैधानिक सुधार र सार्वजनिक नीतिका जटिल विषयहरूलाई सरल भाषामा पाठकसमक्ष पुर्‍याउने उनको क्षमता विशेष छ। काठमाडौं स्कूल अफ लबाट कानून पढेकी उनी नियामक मामिला र न्यायपालिकासम्बन्धी रिपोर्टिङमा दक्ष छिन्।

सम्बन्धित समाचार