नारायणी नदीमा बाढीले क्रुजसिप बगाएपछि पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ।
नदीले बगाएको क्रुजसिप पुलको पिलरमा अड्किएको छ। यसले गर्दा नारायणी नदी वारपार गर्ने सवारी साधनको आवतजावत रोकिएको छ।
नवलपुरको गैंडाकोट र चितवनको भरतपुर जोड्ने नारायणी पुलमुनि क्रुजसिप अड्किएपछि पुलमा पूर्ण रूपमा आवतजावत बन्द गरिएको हो। पुलभन्दा करिब १०० मिटर माथि बाँधेर राखिएको क्रुजसिप आज अपराह्न करिब ५:३० बजेतिर बगाएको थियो।
प्रहरीका अनुसार, क्रुजसिप पुलको गैंडाकोटतर्फको पिलरमा अड्किएको छ। पानीको सतह बढ्दै गएकाले जोखिम पनि बढ्दै गएको र पानीको बहाब तीव्र रहेको एसपी रामेश्वर पौडेलले जानकारी दिए।
