मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
एनपीएल लाइभ स्कोर, अंक तालिका र तालिका अंक तालिका ›

विदेश पढ्न जाने विद्यार्थीले ३ वर्षमा लगे पौने ४ खर्ब

पछिल्लो तीन वर्षमा नेपाली विद्यार्थीले विदेश अध्ययनका लागि करिब पौने ४ खर्ब रुपैयाँ मुलुक बाहिर लगेका छन्। गत आर्थिक वर्षको ११ महिनामा मात्रै १ लाख १४ हजारभन्दा बढी विद्यार्थीले विदेश जान एनओसी लिएका छन्। विद्यार्थीको पहिलो रोजाइमा जापान परेको छ, जहाँ करिब ४० हजार विद्यार्थीले एनओसी लिएका छन्।
Nmkhabar डेस्क
१ मिनेट पढाइ
आकार:
विदेश पढ्न जाने विद्यार्थी
Share:
१४९

विदेश पढ्न जाने विद्यार्थीले तीन वर्षमा पौने ४ खर्ब रुपैयाँ मुलुक बाहिर लगेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा मात्रै १ लाख १४ हजार ३८४ जना विद्यार्थीले शिक्षा मन्त्रालयबाट ‘नो अब्जेक्सन लेटर’ (एनओसी) लिएका छन्। यस अवधिमा विदेश जाने विद्यार्थीले १ खर्ब ३२ अर्ब रुपैयाँ लगेका छन्।

विद्यार्थीको पहिलो रोजाइमा जापान परेको छ। गत आर्थिक वर्षको ११ महिनामा झन्डै ४० हजार विद्यार्थीले जापान जान एनओसी लिएका छन्।

विज्ञापन
Nmkhabar डेस्क

Nmkhabar डेस्क

संवाददाता · Nmkhabar

Nmkhabar डेस्क Nmkhabar को सम्पादकीय डेस्क हो। यस नाममा प्रकाशित समाचार सरकारी निकाय, अदालत, संसद, नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाका आधिकारिक स्रोत र विश्वसनीय सूचनाका आधारमा तयार गरिन्छन्, र प्रकाशनअघि तथ्य तथा भाषाको सम्पादकीय जाँच गरिन्छ। हाम्रो सम्पादकीय र एआई प्रयोग नीति: https://nmkhabar.com/ai-policy/ । कुनै त्रुटि भेटिएमा info@nmkhabar.com मा जानकारी दिनुहोस्, हामी तुरुन्त सच्याउँछौँ।

थप समाचार