NM Khabar 16 July 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई ८ वर्ष कैद, डेढ करोड जरिवाना

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले घुस मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको छ। व्यवसायी दीपक आनन्दलाई पनि सोही सजाय तोकिएको छ। भ्रष्टाचारको बिगो रकम कायम नभए पनि दुवैबाट जनही १ करोड ५४ लाख जरिवाना असुल गरिनेछ।
Arjun Basnet
Arjun Basnet
16 July 2026, 4:02 pm १ मिनेट पढाइ
आकार:
सुनील पौडेल भ्रष्टाचार
Share:

नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र व्यवसायी दीपक आनन्दलाई विशेष अदालतले घुस मुद्दामा दोषी ठहर गर्दै जनही आठ वर्ष कैद सजाय सुनाएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्य हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले बिहीबार कसुरदार ठहर गर्दै उक्त सजाय तोकेको हो।

अदालतले पौडेललाई नेपाल सरकारको विशिष्ट श्रेणीको पदमा बसेर भ्रष्टाचार गरेको कसुरमा थप ६ महिना कैद सजाय समेत सुनाएको छ। पौडेलले व्यवसायी आनन्दसँग घुस मागेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अदालतले यो फैसला गरेको हो।

घुस लेनदेन भएको भनिएको तीन करोड आठ लाख रुपैयाँ बरामद नभएका कारण अदालतले यस मुद्दामा बिगो कायम गरेको छैन। यद्यपि, सो रकमलाई दामासाही भाग लगाई दुवै अभियुक्तबाट जनही एक करोड ५४ लाख रुपैयाँका दरले जरिवाना असुलउपर गर्ने फैसला भएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार